NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । केहि दिनयता घटदै आएको सुन बिहीबार पुन: बढेको छ । बिहीबार सुन तोलामा ८ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९४ हजार ३०० रुपैयाँ निर्धारण भएको छ भने चाँदी ११ सय ८५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी तोलामा ११ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ बुधबारको तुलनामा ३० रुपैयाले बढेको हो ।

ताजा अपडेट

नेपालवाच विशेष