NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

भदौ १ देखि सिसडोल र बञ्चरेडाँडामा काठमाडौंको फोहर फाल्न नदिने घोषणा

काठमाडौं । बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले आगामी भदौ १ गतेदेखि सिसडोल र बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहर फाल्न नदिने घोषणा गरेको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले ३१ साउनसम्म आफूहरूको माग पूरा नभएको खण्डमा भदौ १ बाट घोषणा फोहर फाल्न नदिने घोषणा गरेको हो ।

समितिका संयोजक श्रीराम ढुंगानाले मानवबस्तीलाई फोहोरमैलाबाट अलग गर्ने सहमति कार्यान्वयन नगरिएको आरोप लगाउँदै अब आफूहरू पछि नहट्ने बताए ।

सरकार र महानगरले फोहोरमैलाको बलिवेदीमा चढाएर लाखौं स्थानीय जनताको नरसंहार गर्ने काम गरिरहेको उनले आरोप लगाए ।

‘मानवबस्तीरहित ल्यान्डफिल साइट विकास क्षेत्र वा फोहोरमैला प्रदूषणरहित मानवबस्ती विकास क्षेत्रमध्ये अब सरकारले एउटा मात्रै छान्न सक्नेछ,’ चेतावनी दिँदै ढुंगानाले भने ।

सरकार र महानगरले एकैपटक धोका दिएको उनको भनाइ थियो ।

ताजा अपडेट

नेपालवाच विशेष