विशेषज्ञ वडा क्लिनिकबाट २६३ ले लिए उपचार सेवा
कैलाली । धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको विशेषज्ञ वडा क्लिनिकअन्तर्गत धनगढी–७ बेली सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा दुई सय ६३ ले उपचार सेवा लिएका छन् ।
बुधबारको क्लिनिकमा जनरल फिजिसियनको दुई सय र स्त्री तथा प्रसूति रोग विशेषज्ञको ६३ जनाले उपचार सेवा लिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।
त्यसैगरी प्रयोगशाला सेवा लिनेको सङ्ख्या ४८ र अल्ट्रासाउन्ड सेवा लिनेको सङ्ख्या सात छ । उपमहानगरपालिकाले साउन १ गतेबाट विशेषज्ञ वडा क्लीनिक सञ्चालनमा ल्याएको थियो । जसअन्तर्गत बिरामीलाई वडामै निःशुल्क स्वास्थ्य सेवा प्रदान भइरहेको छ ।
नगरवासीले स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस् र सबैलाई सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त होस भन्ने उद्देश्यले वडामा विशेषज्ञ चिकित्सक सहितको वडा क्लीनिक सेवाको शुभारम्भ गरिएको नगरप्रमुख गोपाल हमालले जानकारी दिए ।
क्लिनिक सञ्चालन गर्न सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले रु २५ लाख बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ भने उपमहानगरपालिका क्षेत्रका औषधि व्यवसायीबाट औषधि उपलब्ध भएको बताइएको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया