सुनको मूल्य बढ्यो
काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार सुन प्रतितोला ८०० रुपैयाँले घटेर ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन तोलामा ९५ हजार एक सय रुपैयाँ कायम भएको छ ।
बिहीबार ११ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ३५ रुपैयाँले बढेर १२ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया