सुनको मूल्य बढ्यो

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार सुन प्रतितोला ८०० रुपैयाँले घटेर ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन तोलामा ९५ हजार एक सय रुपैयाँ कायम भएको छ ।
बिहीबार ११ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ३५ रुपैयाँले बढेर १२ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया