कैलाली भन्सारद्वारा नौ अर्ब राजस्व संकलन

सुदुरपश्चिम । कैलाली भन्सार कार्यालयले आर्थिक वर्ष २०७८र७९ मा नौ अर्ब ५८ करोड २६ लाख रूपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार सो अवधिमा ११ अर्ब ८२ करोड ३९ लाख राजस्व संकलनको लक्ष्य राखेको थियो ।
संकलित राजस्व लक्ष्यको झण्डै ८१ प्रतिशत हो । कार्यालयका अनुसार भन्सार महशुलतर्फ तीन अर्ब ५६ करोड ५५ लाख, मुल्य अभिवृद्धि करतर्फ तीन अर्ब ८६ करोड ४० लाख, अन्तः शुःल्कतर्फ २३ करोड ९९ लाख र अन्य शीर्षकतर्फ एक अर्ब ९१ लाख ३१ लाख राजस्व असुली भएको छ ।
सो अवधिमा कार्यालयले मूल्य अभिवृद्धि करतर्फ रु तीन अर्ब १० करोड १५ लाख, भन्सार महशुलतर्फ रु पाँच अर्ब २२ करोड ४० लाख, अन्तः शुःल्कतर्फ रु २८ करोड ७६ लाख र अन्य शीर्षकतर्फ रु तीन अर्ब २१ करोड ६ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । गत माघमा सबैभन्दा कम ६९ दशमलब ५२ प्रतिशत र सबैभन्दा बढी गत वर्ष साउनमा ८९ दशमलब आठ प्रतिशत राजस्व असुली भएको जनाइएको छ ।
कैलाली भन्सार नाकाबाट मुख्य निर्यात हुने वस्तुमा रोजिन टर्पेनटाइन, खयर कच्छ, पिना, भटमासको तेललगायत छन् । आयात हुने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ, मोटर पाट्र्सका साथै चामल, मकै, तोरी, तरकारीलगायत खाद्य सामग्री छन् । यो नाकाबाट निर्यात व्यापारभन्दा आयात बढी मात्रामा रहेको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया