NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

अर्थमन्त्रीमा फेरि जनार्दन शर्मा नियुक्त, सपथ पनि आजै

काठमाडौं । करको दर हेरफेर सम्बन्धमा विवादित बनेर राजीनामा दिएका जनार्दन शर्मा फेरि अर्थमन्त्रीमा नियुक्त भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी हुन् ।
उनले आजै साढे पाँच बजे सपथ लिदैंछन् ।

करको दर हेरफेर सम्बन्धमा अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश दिएको विषयलाई छानबिन समितिले पुष्टि गर्न नसकेपछि शर्मा नै पुनः अर्थमन्त्रीमा नियुक्त भएका हुन् ।

शर्माले २२ असारमा राजीनामा दिएका छन् ।