६२० मा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

काठमाडाैं । देशभर पछिल्लो २४ घण्टामा ६२० जनामा कोभिड संक्रमण पुष्टि भएको छ । यस अवधिमा एक जनाको संक्रमणका कारण मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा पाँच हजार ८४६ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ६५१ जनाको पिसीआर र तीन हजार १९५ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २९७ कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ७० हजार ६२ पुगेको छ । संक्रमणमुक्त हुने दर ९८ दशमलव तीन प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २५ हजार ४३६ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । हाल सक्रिय संक्रमितको संख्या चार हजार ५६७ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९६७ पुगेको छ । होम आइसोलेशनमा चार हजार ४२४, संस्थागत आइसोलेशन १४३ र आइसियू ३३ र भेन्टिलेटरमा पाँच संक्रमित रहेका छन् ।
हाल देशभरमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा २०० भन्दा बढी संक्रमित रहेका जिल्लामा मोरङ र कास्की छन् । शून्य संक्रमित रहेका जिल्लामा मनाङ, कालिकोट, मुगु, हुम्ला, बाजुरा, दार्चुला र बझाङ रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा दुई हजार ६०५ र ललितपुर ५०५ र भक्तपुरमा ३७ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
नेपाल एसबिआई बैंकलाई ठगी गरेको आरोपमा व्यवसायी पक्राउ
-
बुहारी भित्राउन विप्लवलाई चटारो: होटलमा इन्गेजमेन्ट, पार्टी कार्यालयमा विवाह, ब्यांक्विटमा पार्टी
-
हेटौंडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
-
रेबिजबारे व्याप्त यी भ्रम जसले मानिसको ज्यान गइरहेको छ
-
‘२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनको अध्यक्षमा आरके शर्माको उम्मेदवारी
प्रतिक्रिया