मरासिनी देखिएनन्, पुष्करले गरे अर्थमन्त्री शर्मालाई स्वागत
काठमाडौं । करको दर हेरफेरमा संसदीय समितिको छनबिनले सफाइ दिएपछि अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त भएका छन् । उनलाई आज प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गरेका हुन् ।
बजेट भाषणको अघिल्लो दिन मन्त्रालयमा अनाधिकृत व्यक्तिलाई प्रवेश दिएर करको दर हेरफेर गराएकोबारे लागेको आरोप पुष्टि हुन नसकेपछि माओवादी केन्द्रले उनलाई फेरि मन्त्री बनाउने भएको हो ।
अर्थमन्त्री शर्माले शपथपछि तुरुन्तै अर्थ मन्त्रालय गएर पदभार सम्हाले ।

तर, त्यहाँ अर्थ सचिव मधुकुमार मरासिनी देखिएनन् । मरासिनी मन्त्रीपछि समग्र मन्त्रालय हेर्ने सेकेन्ड म्यान हुन् ।
अर्थ मन्त्रालयमा दुईजना सचिव रहने व्यवस्था छ । राजश्वको पाटो हेर्ने अर्का सचिव कृष्णहरि पुष्करले नै अर्थमन्त्री शर्माको स्वागत गरेका छन् ।
मन्त्रालय स्रोतका अनुसार मरासिनी काम विशेषले शुक्रबार नै पोखरा पुगेका हुन् । तर, कहिले फर्किने भन्नेबारे टुंगो छैन ।
तर, कतिपयले भने उनी अर्थमन्त्रीको सपथ र पदभार छल्न पोखरा गएको बताइरहेका छन् ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया