मन्त्रालयमा शर्माको स्वागतको तयारी, अर्थ सचिव पोखरामा !
काठमाडौं । करको दर हेरफेरमा संसदीय समितिको छनबिनले सफाइ दिएपछि अर्थमन्त्रीमा जनार्दन शर्मा पुनः नियुक्त भएका छन् । बजेट भाषणको अघिल्लो दिन मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश दिएर करको दर हेरफेर गराएकोबारे लागेको आरोप पुष्टि हुन नसकेपछि माओवादी केन्द्रले उनलाई फेरि मन्त्री बनाउने भएको हो ।
आज ५:३० बजे हुने शपथ ग्रहणपछि उनी सिधै मन्त्रालय जाने कार्यक्रम तय भएको छ । मन्त्रालयका कर्मचारीहरू उनको स्वागतमा रहिरहँदा अर्थ सचिव मधुकुमार मरासिनी भने यतिबेला पोखरा पुगेका छन् ।
मन्त्रालय स्रोतका अनुसार उनी शुक्रबार नै काम विशेषले पोखरा पुगेका हुन् । तर, कहिले फर्किने भन्नेबारे टुंगो छैन ।
‘मन्त्रालयको कामले उहाँ शुक्रबार नै पोखरा जानुभएको हो,’ उनले भने, ‘अब उहाँ मन्त्रालय फर्किने-नफर्किनेबारे भने टुंगो छैन ।’
शर्मालाई उक्त आरोप लागेसँगै सचिव मरासिनी आफू जनार्दन मन्त्री पदमा रहुञ्जेल मन्त्रालय नफर्किने भन्दै अनिश्चितकालीन विदामा गएका थिए । मन्त्रीले राजीनामा दिएसँगै काममा फर्किएका मरासिनीले अब के निर्णय गर्छन् ? भन्ने चासोको विषय बनेको छ ।
छानबिन समितिले दियो अर्थमन्त्री शर्मालाई ‘क्लिन चिट’, चार सांसदको फरक मत (प्रतिवेदनसहित)
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया