सलमान खानलाई मुम्बइ प्रहरीले दियो ‘गन लाइसेन्स’
एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई मुम्बइ प्रहरीले हतियार राख्नका लागि लाइसेन्स दिएको छ । केही दिनअघिमात्रै सलमानले आत्मरक्षाको लागि भन्दै हतियार राख्ने अनुमति माग गरेका थिए । गत ५ जुनमा सलमानलाई ज्यान मार्ने धम्की आएको थियो ।
उक्त धम्की आएदेखि उनी आफ्नो सुरक्षाका विषयमा चिन्तित छन् । सुरक्षालाई मध्यनजर गर्दै सलमानले आफ्नो कारलाई पनि ‘अपग्रेड’ गराएका छन् । उनले आफ्नो ल्याण्ड क्रुजर कारलाई बुलेटप्रुफ बनाएका छन् र गाडीमा आर्मर लगाएका छन् । कारको सिसालाई पनि बुलेटप्रुफ बनाइएको छ ।
आफ्ना बाबु सलिम खानसँग मर्निङ वाकमा रहेकोबेलामा सलमानलाई ज्यानमार्ने धम्की आएको थियो । धम्की आएसँगै प्रहरीलाई खबर गरेपछि मुम्बइ प्रहरीले उनको सुरक्षा निगरानी बढाएको थियो । हाल उनी ‘कभी ईद कभी दिवाली’ को सुटिङमा व्यस्त छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया