NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

इंग्ल्याण्डले पहिलोपटक जित्यो महिला युरोकपको उपाधि

जर्मनी पराजित

काठमाडौं । आयोजक इंग्ल्याण्डले महिला युरोपियन च्याम्पियनसिप २०२२ (युरोकप) फुटबलको उपाधि जितेको छ ।

लण्डनस्थित वेम्बलीमा गएराति भएको फाइनलमा जर्मनीलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले हराउँदै इंग्ल्याण्डले उपाधि जितेको हो ।

इंग्ल्याण्डलाई जित दिलाउन इला टोनी र च्लोई केलीले एक–एक गोल गरिन् ।

जर्मनीका लागि लिना म्यागुलले एक गोल फर्काइन् ।

रोमान्चक खेल ९० मिनेटमा सकिएपछि थप समयमा नतिजा आएको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, खेलको ६२ औं मिनेटमा टोनीले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाइन् ।

तर, ७९ औं मिनेटमा म्यागुलले गोल गर्दै १–१ गोलको बराबरीमा ल्याएर जर्मनीलाई खेलमा फर्काइन् ।

त्यसपछि निर्धारित ९० मिनेटमा समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयमा इंग्ल्याण्डकी केली नायक बनिन् ।

उनले खेलको ११० औं मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई २–१ को जित दिलाउँदै उपाधि दिलाइन् ।

इंग्ल्याण्डले पहिलो पटक महिला युरोकपको उपाधि जितेको हो ।

फाइनलमा पराजित जर्मनी भने आठ पटकको सर्वाधिक विजेता हो ।

फ्रान्सलाई हराउँदै जर्मनी फाइनलमा, उपाधिका लागि इंग्ल्याण्डसँग भिड्ने