इंग्ल्याण्डले पहिलोपटक जित्यो महिला युरोकपको उपाधि
काठमाडौं । आयोजक इंग्ल्याण्डले महिला युरोपियन च्याम्पियनसिप २०२२ (युरोकप) फुटबलको उपाधि जितेको छ ।
लण्डनस्थित वेम्बलीमा गएराति भएको फाइनलमा जर्मनीलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले हराउँदै इंग्ल्याण्डले उपाधि जितेको हो ।
इंग्ल्याण्डलाई जित दिलाउन इला टोनी र च्लोई केलीले एक–एक गोल गरिन् ।
जर्मनीका लागि लिना म्यागुलले एक गोल फर्काइन् ।
रोमान्चक खेल ९० मिनेटमा सकिएपछि थप समयमा नतिजा आएको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, खेलको ६२ औं मिनेटमा टोनीले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाइन् ।
तर, ७९ औं मिनेटमा म्यागुलले गोल गर्दै १–१ गोलको बराबरीमा ल्याएर जर्मनीलाई खेलमा फर्काइन् ।
त्यसपछि निर्धारित ९० मिनेटमा समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयमा इंग्ल्याण्डकी केली नायक बनिन् ।
उनले खेलको ११० औं मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई २–१ को जित दिलाउँदै उपाधि दिलाइन् ।
इंग्ल्याण्डले पहिलो पटक महिला युरोकपको उपाधि जितेको हो ।
फाइनलमा पराजित जर्मनी भने आठ पटकको सर्वाधिक विजेता हो ।
फ्रान्सलाई हराउँदै जर्मनी फाइनलमा, उपाधिका लागि इंग्ल्याण्डसँग भिड्ने
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया