पुनः घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के होला ?
काठमाडौं । भारतीय आयल कर्पोरेस (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य पुन: घटाएर नेपाल आयल निगमलाई पठाएको छ ।
निगमले पेट्रोल र डिजेलको मूल्य घटाएर पठाएको जनाएको छ । आइओसीले पठाएको नयाँ मूल्यअनुसार डिजेल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा घटेर आएको छ । यसअघि पनि आइओसीले डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा र पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा घटाएर सूची पठाएको थियो ।
उक्त मूल्य घटाएर पठाए पनि आयल निगमले भने मूल्य समायोजन गरेको थिएन ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरालो लाग्ने क्रम जारी छ । आयल निगमले पनि उच्च घाटा व्योहोर्दै आएको छ । निगमका अनुसारु अहिले निगम मासिक चार अर्ब ३२ करोड घाटामा छ ।
यसर्थ भारतबाट मूल्य घटेर आएपनि निगमले भने मूल्य घटाउने स्थिति देखिँदैन ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया