NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

पुनः घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के होला ?

काठमाडौं । भारतीय आयल कर्पोरेस (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य पुन: घटाएर नेपाल आयल निगमलाई पठाएको छ ।

निगमले पेट्रोल र डिजेलको मूल्य घटाएर पठाएको जनाएको छ । आइओसीले पठाएको नयाँ मूल्यअनुसार डिजेल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा घटेर आएको छ । यसअघि पनि आइओसीले डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा र पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा घटाएर सूची पठाएको थियो ।

उक्त मूल्य घटाएर पठाए पनि आयल निगमले भने मूल्य समायोजन गरेको थिएन ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरालो लाग्ने क्रम जारी छ । आयल निगमले पनि उच्च घाटा व्योहोर्दै आएको छ । निगमका अनुसारु अहिले निगम मासिक चार अर्ब ३२ करोड घाटामा छ  ।

यसर्थ भारतबाट मूल्य घटेर आएपनि निगमले भने मूल्य घटाउने स्थिति देखिँदैन ।