स्वागत नेपालले ओलीविरुद्ध चुनाव लड्ने
काठमाडौं । सुशासन र राष्ट्रियताको वकालत गरिहेका अभियन्ता स्वागत नेपालले आगामी संसदीय निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लड्ने घोषणा गरेका छन् ।
उनले ओलीको क्षेत्र झापा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
राइट टु रिजेक्टका प्रणेता तथा अधिवक्तासमेत रहेका नेपालले उन्नत लोकतान्त्रिक पार्टी गठन गरेका छन् । त्यसैको तर्फबाट साझा उम्मेदवारको रुपमा आफूले चुनाव लड्न चाहेको उनले बताएका छन् ।
देशैभरका स्वतन्त्र समूह, सक्षम व्यक्तित्वहरू संसद्मा पुगेर एमसिसी र नागरिकता विधेयकका राष्ट्रघाती मुद्दा खारेज गर्ने, राइट टु रिजेक्ट, रिकल लगायतका एजेण्डामा सहमत सबै साथीहरूको साथ रहने उनले विश्वास गरेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया