सिमकोटको पानीमा भेटियो कोलिफर्म र इकोली
![सिमकोटको पानीमा भेटियो कोलिफर्म र इकोली](http://nepalwatch.com/wp-content/uploads/2022/08/water.webp)
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटको खानेपानीमा कोलिफर्म र इकोली भेटिएको छ । सिमकोट बजार, वडा नं ५ र ६ का लागि आपूर्ति हुँदै आएको खानेपानी योजनाको मुहान, इन्टेक र धाराको पानी परीक्षण गर्ने क्रममा उक्त जीवाणु भेटिएको स्वास्थ्य सेवा कार्यालयका ल्याब इन्चार्ज भक्ति फडेराले बताए । पहिलो पटक परीक्षण गर्दा सो जीवाणु देखिएको हो ।
त्यसैगरी सिमकोट–६ को मुग्रधाराको पानी परीक्षण गर्दा सो जीवाणु देखिएको थियो । पानी परीक्षण गर्ने स्वास्थ्यकर्मीको टोलीले वडा नं ३ को लाङ्दु गाउँको खानेपानीको मुहानमा परीक्षण गर्दा नदेखिएको तर व्यक्तिको घरको धारामा भने देखिएको जनाइएको छ ।
सिमकोट गाउँपालिकाका स्वास्थ्य संयोजक नर भण्डारीले मानिसको लागि प्रयोग योग्य पानी नभएको कारण यसलाई उमालेर वा फिल्टर गरेर मात्र प्रयोग गर्न आग्रह गरेका छन् । हाल सिमकोटमा झाडापखाला, टाइफाइड र आउँ जस्ता रोगका बिरामी देखिनुको कारण उक्त पानीको प्रयोग हुनसक्ने संयोजक भण्डारीले बताए ।
युनिसेफको आर्थिक सहयोगमा सञ्चालित खानेपानी तथा सरसफाइ स्वच्छता कार्यक्रम ९वास०का संयोजक जङ्गबहादुर रोकायाले हाल पानी परीक्षण गर्ने ‘वाकटेक’ मेसिनसहित जनशक्तिलाई तालिम दिएपछि पानी परीक्षणमा सहज भएको बताए । अब गाउँपालिकाका सबै वडाका बस्तीमा मेसिनसहित जनशक्ति पुगेर परीक्षण गरिने छ । गाउँपालिकाको स्वास्थ्य शाखाले नयाँ खानेपानी योजना निर्माण गर्दा पानीको अनिवार्य प्रयोगशाला परीक्षणपछि मात्र निर्माण गरिने जनाएको छ ।
ताजा अपडेट
-
रास्वपाका प्यूठान अध्यक्षले दिए राजीनामा
-
करणलाई गितार उपहार दिँदै प्रधानमन्त्रीले भने–युवा पुस्ताको सुख–दुःखमा सँगै छु
-
केन्याका नागरिकले जलाए संसद् भवन, ५ जनाको मृत्यु
-
देशका विभिन्न स्थानमा बाढी र पहिरो, २ को मृत्यु, ४ जना बेपत्ता, ३ घर बगायो
-
प्रवासी नेपाली मञ्च पोर्चुगलको अध्यक्षमा खत्री
प्रतिक्रिया