साउने सोमबारमा पशुपतिनाथमा दर्शनार्थीको घुइँचो (फोटो फिचर र भिडियोसहित)

काठमाडौं । साउने सोमबारका अवसरमा देशभरजस्तै आज काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि घुइँचो थियाे ।
आज साउनको तेस्रो सोमबार हो । त्यसैले, बिहान ३:१५ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनको दर्शनका लागि खुला गरिएको थियो ।
दर्शनका लागि लाखौँ भक्तजन अहिले पनि पशुपति क्षेत्रमा लाममा बसिरहेका थिए ।
भारतबाट बोलबम भक्तजनहरू पनि पशुपतिनाथको दर्शन गर्नका लागि आएका थिए । बालबालिकादेखि बृद्धबृद्धासम्मका भक्तजन देखिन्थे ।
अन्य विभिन्न संस्थाहरूसँगको सहकार्यमा पशुपति क्षेत्र विकास कोष भक्तजनको आकस्मिक सुरक्षाका लागि एम्बुलेन्सलगायतका अत्यावश्यक सेवा प्रदान गरेको थियो ।
कोरोना महामारी केही कम भएकाले यो वर्ष दर्शनार्थीको संख्या बढेको बताइएको छ ।
हेरौं भिडियो :
फोटो फिचर :
प्रतिक्रिया