चलचित्र ‘परदेशी २’ को ‘के बर मागी फर्केऊ’ गीत सार्वजनिक
काठमाडौं । असोज १४ गते प्रर्दशनमा आउने चलचित्र ‘परदेशी २’ को ‘के बर मागी फर्केऊ’ गीत सार्वजनिक भएको छ । चलचित्रलाई नारायण रायमाझीले निर्देशन गरेका हुन् ।
गीतमा निशान भट्टराईले स्वर दिएका छन् । चलचित्रको गीतमा अभिनेत्री केकी अधिकारी र गायक तथा अभिनेता प्रकाश सपुतले अभिनय गरेका छन् । रमेश पौडेलको शब्द रहेको गीतमा निर्देशक रायमाझीले संगीत भरेका हुन् ।
चलचित्रमा केकी र प्रकाशका साथै दीलिप रायमाझी, प्रशान्त तामाङ, वर्षा शिवाकोटी, नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको पनि अभिनय रहेको छ। यो गीत रामभक्त जोजिजुले गाएको गीत ‘के बर मागी फर्केऊ भन’ लाई रिमेक गरिएको हो।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया