वेस्ट इण्डिजसँग हार्यो भारत

काठमाडौं । दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा वेस्ट इण्डिजसँग भारत पराजित भएको छ । गएराति सम्पन्न खेलमा भारत पाँच विकेटले पराजित भएको हो ।
जितसँगै वेस्ट इन्डिजले पाँच खेलको शृङ्खलामा एक–एकको बराबरी गरेको छ ।
सेन्ट किट्समा टस जितेर ब्याटिङ गरेको भारतले १९.४ ओभरमा १३८ रन बनाएको थियो । यससँगै वेस्ट इन्डिजले १९.२ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
वेस्ट इन्डिजका लागि ब्रान्डन किङले सर्वाधिक ६८ रन बनाए ।
भारतीय कप्तान रोहित शर्मा पहिलो बलमै आउट भए ।
वेस्ट इन्डिजका कप्तान निकोलस पूरनले टस जितेर बलिङ रोजेका थिए ।
ताजा अपडेट
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
प्रतिक्रिया