बेपत्ता पाकिस्तानी सेनाको हेलिकोप्टर भेटियो, ६ जनाको मृत्यु
इस्लामावाद । बेपत्ता भएको पाकिस्तानी सेनाको हेलिकोप्टर भेटिएको छ ।
देशको बालुचिस्तान प्रान्तमा सोमबार रातीदेखि हराइरहेको हेलिकोप्टर भेटिएको सरकारी सैन्य अधिकारीहरूले मङ्गलबार जानकारी दिएका हुन् ।
हेलिकोप्टरमा रहेका ६ जनाको मृत्युको छ । ती मध्ये लेफ्टिनेन्ट जेनरल सर्फाज अलिको पनि मृत्यु भएको सेनाले पुष्टि गरेको छ ।
मौसमको खराबीका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाप्रति प्रधानमन्त्री शेहबाज शरिफले गहिरो दुःख व्यक्त गरेका छन् । उनले मृतकका आफन्तजनप्रति सहानुभूति पनि व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया