सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन प्रतितोला ३ सय रूपैयाँ घटेर ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार उक्त सुन तोलामा ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुन तोलामा ९४ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । मंगलबार १२ सय २० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १० रुपैयाँले घटेको छ ।
आज चाँदी तोलामा १२ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया