काठमाडौंबाट मुम्बई उड्न लागेको जहाजमा आतंकवादी रहेको सूचना आएपछि…
काठमाडौं । भारतको मुम्बई उड्न लागेको एक जहाजमा आतंकवादी रहेको सूचना बाहिरिएपछि नेपाल प्रहरीले सबै यात्रु ओराल्दै एक जनालाई पक्राउ गरेको छ ।
शंकाका आधारमा ती व्यक्तिलाई पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
बुधबार दिउँसो प्रहरी मुख्यालयले सूचना दिएपछि नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजबाट यात्रु ओरालेर अनुसन्धान थालिएको हो ।
दिउँसो १:१० मा मुम्बई उड्नुपर्ने उक्त जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच भएको थियो ।
जहाजमा चालक दलका सदस्यसहित १४१ जना यात्रु रहेका थिए ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया