सांसदले अब तलब–सुविधा लिन मिल्दैन : संविधानविद् आचार्य
काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले सरकारले चुनावको नयाँ मिति घोषणा गरेपछि प्रतिनिधिसभा स्वतः भंग हुने बताएका छन् ।
प्रतिनिधिसभा अवधि आमामी चुनावसम्म हुन्छ भन्ने सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको भनाइप्रति असहमति राख्दै उनले यस्तो बताएका हुन् ।
‘मिति तोकेपछि संसद् स्वतः भंग भएको मानिन्छ अर्थात् निष्कृय हुन्छ । सांसदहरू पदमा रहेको मानिँदैन,’ नेपालवाचसँग कुरा गर्दै उनले भने, ‘तलब सुविधा पनि लिन हुँदैन ।’
अहिले संसद् सक्रिय भएमा नयाँ संसद्को कार्यक्षमतालाई प्रभावित बनाउने उनले तर्क राखे ।
संविधानतः मंसिर १० मा प्रतिनिधिसभाको चुनाव गराइसक्नुपर्ने प्रावधान रहेकोमा सरकारले ६ दिनअघि नै मिति तोकेर संविधानको मर्मलाई आत्मसात गरेको भन्दै संविधानविद् आचार्यले चुनावी घोषणाको भने स्वागत गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया