चुनाव घोषणासँगै म्यादी प्रहरीको भर्ना खुलाउने तयारी

काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४ मा गर्ने निर्णय गरेसँगै सरकारले म्यादी प्रहरीका लागि भर्ना खोलिने तयारी भएको जनाएको छ ।
उक्त निर्वाचनको सुरक्षाका लागि चार सुरक्षा संयन्त्रका जनशक्ति अपुग हुने भएकाले म्यादी प्रहरी भर्ना खुलाउने तयारी भएको सरकारको भनाइ छ ।
स्थानीय तह निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई प्राथमिकता दिइने बताइएको छ ।
चुनावमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार घेराको सुरक्षा व्यवस्था रहन्छ । यसअघि, स्थानीय तहको चुनावमा एक लाख १९ हजार म्यादी प्रहरी भर्ना भएका थिए ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया