सुनको मूल्य ७०० रुपैयाँले उकालो

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । आज छापावल सुन तोलामा ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
त्यस्तै तेजावी सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यो बिहीबारको तुलनामा ७०० रुपयाँ बढेको हो । त्यस्तै आज चाँदी तोलामा १२ सय २० रुपैयाँ कायम भएको छ । बिहीबारको तुलनामा चाँदी १० रुपैयाँ बढेको महासघंले जनाएको छ ।
महासंघका अनुसार बिहीबार छापवाल सुन तोलामा ९६ हजार १ सय रुपैयाँ, तेजावी सुन ९५ हजार ६०० रुपैयाँ र चाँदी १२ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया