उदयपुरका बाढीपीडितलाई राहत
उदयपुर । उदयपुरको बेलका नगरपालिकाको विभिन्न स्थानमा सप्तकोशी नदीको बाढी प्रवेश गर्दा विस्थापितलाई प्रदेश सरकारसहित विभिन्न क्षेत्रबाट राहत सहयोग गर्न थालिएको छ ।
नगरपालिकाका मेयर अशोक कार्कीका अनुसार जिल्ला प्रशासन कार्यालय मोरङसहित प्रदेश नम्बर १ सरकारसहितका विभिन्न निकायबाट बाढीबाट विस्थापितलाई राहत दिइएको छ । उपमेयर जीरा राईका अनुसार जिल्ला प्रशासनबाट बाढी पीडितको लागि चाउचाउ, पानी, म्याट, भुजा, बिस्कुटसहितका सामग्री उपलब्ध गराइएको छ । प्रदेश १ सरकारबाट चामल, दाल, खाने तेल र नुन सहयोग दिइएको छ ।
बाढी पीडितलाई नगरको विभिन्न स्थानको विद्यालयमा राखिएको र उनीहरूलाई खान, बस्न र अन्य उपभोग्य सामग्रीको नपुग व्यवस्था नगरपालिकाले गरिरहेको छ ।
सोमबार र मङ्गलबार आएको सप्तकोशी नदीको बाढीले बेलकाको कोशी नदी तटीय क्षेत्रका सिसौलिया, डुम्रीबोट, सातपत्रे, एबिसी, श्रीलङ्का टापु, तपेस्वरी, करैया, भागलपुरसहितका स्थानका दुई हजार पाँच सय विस्थापित भएको नगरपालिकाले जनाएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया