NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

सिजनको पहिलो खेलमा पिएसजीको शानदार जित

काठमाडौं । फ्रेन्च क्लब पिएसजीले सिजनको पहिलो खेलमा शानदार जित दर्ता गरेको छ ।

गएराति भएको खेलमा मेसी र नेयमारप्रेरित पिएसजीले क्लेरमन्ट फुटविरुद्ध पिएसजीले ५–० गोलको शानदार जित दर्ता गरेको हो ।

जितका क्रममा पिएसजीले पहिलो हाफमा तीन र दोस्रो हाफमा दुई गोल गर्यो ।

खेलको नवौं मिनेटमा मेसीको पासमा नेयमारले पहिलो गोल गरे । आर्चफ हाकिमीले २६ औं मिनेटमा दोस्रो गोल गरे । पिएसजीका लागि तेस्रो गोल मार्किन्हसले ३८ औं मिनेटमा गरे ।

८० र ८६ औं मिनेटमा मेसीले गोल गरेपछि पिएसजीले पहिलो खेलमा सानदार जित गर्दा गर्यो । खेलमा नेयमारले तीन एसिस्ट र एक गोल गरे । मेसीले दुई गोल र एक एसिस्ट गरे । एक असिस्ट परडेशको नाममा रह्यो ।

पिएसजीले लिग वानलाई भन्दा फेरि पनि च्याम्पियन्स लिग जित्नुलाई प्रतिष्ठाको विषय बनाएको छ ।