सिजनको पहिलो खेलमा पिएसजीको शानदार जित
काठमाडौं । फ्रेन्च क्लब पिएसजीले सिजनको पहिलो खेलमा शानदार जित दर्ता गरेको छ ।
गएराति भएको खेलमा मेसी र नेयमारप्रेरित पिएसजीले क्लेरमन्ट फुटविरुद्ध पिएसजीले ५–० गोलको शानदार जित दर्ता गरेको हो ।
जितका क्रममा पिएसजीले पहिलो हाफमा तीन र दोस्रो हाफमा दुई गोल गर्यो ।
खेलको नवौं मिनेटमा मेसीको पासमा नेयमारले पहिलो गोल गरे । आर्चफ हाकिमीले २६ औं मिनेटमा दोस्रो गोल गरे । पिएसजीका लागि तेस्रो गोल मार्किन्हसले ३८ औं मिनेटमा गरे ।
८० र ८६ औं मिनेटमा मेसीले गोल गरेपछि पिएसजीले पहिलो खेलमा सानदार जित गर्दा गर्यो । खेलमा नेयमारले तीन एसिस्ट र एक गोल गरे । मेसीले दुई गोल र एक एसिस्ट गरे । एक असिस्ट परडेशको नाममा रह्यो ।
पिएसजीले लिग वानलाई भन्दा फेरि पनि च्याम्पियन्स लिग जित्नुलाई प्रतिष्ठाको विषय बनाएको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया