मेगा बैंकको नाफा २ अर्ब ८३ करोड पुग्यो
काठमाडौं । मेगा बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमासमा अधिकांश सूचकमा प्रगति गरेको छ । खुद नाफासँगै प्रतिसेयर आम्दानीमा पनि सुधार भएको छ ।
बैंकले एक वर्षमा बैंकको खुद नाफा २१.७८ प्रतिशतले बढेर २ अर्ब ८३ करोड १८ लाख रुपैयाँ पुगेको छ । बैंकले अघिल्लो वर्ष २ अर्ब ३२ करोड ५४ लाख २९ हजार रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी २.०४५ ले बढेर ५ अर्ब ९१ करोड १३ लाख २९ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकको सञ्चालन नाफा २५.८३ प्रतिशत बढेर ४ अर्ब १३ करोड ७९ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
बैंकको वितरणयोग्य नाफा १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । असार मसान्तसम्म आइपुग्दा बैंकको रिजर्भ कोष पनि बढेर ५ अर्ब नाघेको छ । चुक्ता पुँजी १६ अर्ब माथि छ । हाल यो बैंक नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा प्रक्रियामा रहेको छ । खुद नाफा बढेसँगै प्रतिसेयर आम्दानी १ रुपैयाँ ६४ पैसाले बढेर १७ रुपैयाँ ५७ पैसा पुगेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया