NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

संसदको नौ सिटमा एक्लै चुनाव लड्दै इमरान खान

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले उपनिर्वाचनमा नौवटा निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेको छ ।

पाकिस्तान सरकारले हालै रिक्त ११ निर्वाचन क्षेत्रमा उपनिर्वाचन गर्ने घोषणा गरेको छ । यीमध्ये ९ सामान्य र दुई आरक्षित छन् । पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) का अध्यक्षसमेत रहेका खानले आरक्षित छाडेर बाँकी नौ सिटमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

बिबिसी हिन्दीका अनुसार, खानले उम्मेदवारी दिन लागेका सबै सिट पिटिआई सांसदले राजीनामा दिएपछि रिक्त छन् ।

पाकिस्तानी कानूनअनुसार एक व्यक्ति एकभन्दा बढी जति पनि सिटमा उम्मेदवार हुन पाउँछ ।

पूर्व केन्द्रीय मन्त्री र पीटीआई नेता फवाद चौधरीका अनुसार इमरान खानले आफूले नौ सिटबाट चुनाव लड्ने निर्णय गर्नु भनेको शाहबाज शरीफ सरकारको राजनीतिक चालको प्रतिक्रिया हो।

यी सिटहरू जितेमा सरकारी निकायहरूले खानविरुद्ध कारबाहीको अस्त्र प्रहार गर्न नमिल्ने भएकाले उम्मेदवारी दिइएको समाचारहरूमा जनाइएको छ ।

इमरान खानको पार्टी पिटिआईले अहिले विदेशी कोषको मुद्दाको सामना गरिरहेको छ । भर्खरै मात्रै निर्वाचन आयोगले उनको पार्टीलाई विदेशी कोषको मुद्दामा दोषी ठहर गरेको थियो।

इमरान खानले २०१८ को आम चुनावमा पनि पाँच सिटबाट उम्मेदवारी दिएका थिए र र सबै सिटमा जित हासिल गरेका थिए ।

एकातिर इमरान खानले संसदको नौ सिटमा हुन लागेको उपनिर्वाचनमा सबै ९ सिटबाट उम्मेदवार हुने घोषणा गरेका छन् भने अर्कोतर्फ उनको पार्टीले निर्वाचन आयोगको निर्णयलाई चुनौती दिँदै अदालत पुगेको छ ।