अमेरिकी राष्ट्रपति बाइडेनको कोरोना रिपोर्ट ‘नेगेटिभ’
काठमाडाैं । अमेरिकी राष्ट्रपति जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनी कोभिड संक्रमण भएर आइसोलेसनमा बसेका थिए ।
उनको स्वास्थ्य परीक्षणमा शनिबार कोभिड रिपोर्ट नेगेटिभ आएको उनका चिकित्सकले जानकारी दिएका छन् । ह्वाइट हाउसका फिजिसियन केभिन ओ कनरले सो कुराको जानकारी दिएका हुन् ।
उनले राष्ट्रपति बाइडेन अहिले पनि आइसोलेसनमा रहेको तर उनलाई धेरै ठिक भएको उनका चिकित्सक ओ कनरले जानकारी दिए ।
उनले खोपको पूर्ण मात्रा लिनुका साथै दुई पटकसम्म बुस्टर डोज पनि लगाएका छन् । उनलाई पहिलो पटक गत जुलाई २१ मा कोभिड संक्रमण देखिएको थियो । त्यसपछि एक हप्तासम्म आइसोलेसनमा रहेका बाइडेनलाई निको भएको थियो ।
राष्ट्रपति बाइडेनलाई पुनः जुलाई ३० मा कोभिड सक्रमण देखिएको हो । शनिबार गराएको स्वास्थ्य परीक्षणमा उनको कोरोना नेगेटिभ रिपोर्ट आएको हो ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया