गोकुल बाँस्कोटाले संसद्मै संघीयतामाथि प्रश्न उठाएपछि…

काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेका सांसद गोकुल बाँस्कोटाले संसद्मै संघीयतामाथि प्रश्न उठाएका छन् ।
आज संसद् बैठकमा विशेष समय लिएर बोल्दै उनले खर्चिलो संघीयताले जनता आजित भएको बताए ।
पाँच वर्षमा पनि जनताले संघीयता फेला नपारेको बाँस्कोटाले बताए ।
‘संघीय सरकारका ३–४ वटा टायरका कुराले जनता आजित भइसकेका छन् । तर, संघीयता फेला पार्न सकेका छैनन् । स्थानीय तहमा कर्मचारी छैनन् । प्रहरीलाई ८–९ सय संसद र मन्त्रीको सलामी गर्दै ठीक्क छ । जनता असुरक्षित छन्,’ उनले भने ।
पूर्वसञ्चारमन्त्री बाँस्कोटाले यसअघि पनि सामाजिक सञ्जालमा संघीयतामाथि बारम्बार प्रश्न उठाउने गरेका थिए । आज भने संसद्मै यसबारे बोलेका हुन् ।
संघीयता कसैको माग नभएको तर हचुवाका भरमा ल्याइएको उनले बताए ।
बाास्कोटा एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छन् । यसैले उनको बोली ओलीकै बोली हुनसक्ने विश्लेषण गर्न सकिन्छ ।
न्यायालयको शुद्धताका लागि चोलेन्द्रविरुद्ध महाभियोग ल्याइएको हो : सांसद संग्रौला
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया