दुवै घुँडाको शल्यक्रिया गराएका शोएबले भने– मेरा लागि प्रार्थना गरिदिनुहोस्
काठमाडौं । पाकिस्तानका पूर्व तेज गतिका बलर शोएब अख्तरले आफू निकै समस्यामा रहेको बताएका छन् ।
आफ्नो दुवै घुँडाको शल्यक्रियापछि आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक भिडियो शेयर गर्दै उनले आफ्नो समस्या सार्वजनिक गरेका हुन् ।
शोएब अहिले अस्ट्रेलियाको मेलबर्नमा छन् । उनले हालै दुवै घुँडाको शल्यक्रिया गरेका छन् ।
‘म पाँच, छ घण्टाको शल्यक्रिया गरेर बाहिर आएको छु । दुवै घुँडाको शल्यक्रिया भयो । म समस्यामा छु । मलाई तपाईंको प्रार्थना चाहिन्छ,’ उनले लेखेका छन् ।
उनले यो आफ्नो अन्तिम शल्यक्रिया हुने आशा पनि व्यक्त गरेका छन् ।
शोएब भन्छन्, ‘खेल जीवनबाट संन्यास लिएको ११ वर्षपछि पनि म निकै समस्यामा छु । अझै चार–पाँच वर्ष खेल्न सकिन्थ्यो तर मलाई थाहा थियो कि म ह्वील चेयरमा बस्छु, त्यसैले क्रिकेट छाडें।
यसैबीच, अख्तरले कमनवेल्थ गेम्समा स्वर्ण जितेकोमा अर्शद नदीमलाई बधाई दिएका छन् ।
उनले ट्विटमा लेखेका छन्, ‘तिमीमा गर्व छ, अल्लाहले अझै सफलता प्रदान गरुन्।’
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया