सिटमा भागबण्डा टुंग्याउनुअघि कांग्रेसका शीर्ष नेताको बैठक
काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पाँच दलबीच चुनावी तालमेल गर्ने सहमति भएपछि सिट बाँडफाँटबारे छलफल गर्न कांग्रेसक शीर्ष नेताको बैठक बसेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेसका शीर्ष नेताको बैठक बसेको हो । आजै टिकट बाँड्ने कार्यदलको बैठक बस्नुअघि छलफल गर्न कांग्रेसका शीर्ष नेताको बैठक बसेको हो ।
मुख्य गरी १६५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा पाँच दलबीच सिटमा तालमेल गर्न जटिल देखिएको छ । १६५ मा कांग्रेसले कम्तिमा एक सय सिट आफ्नो दलले पाउनुपर्ने दाबी गरेको छ । तर यस्तोमा बाँकी ६५ सिटमा माओवादी, नेकपा एस र जसपाबीच मिलाउन गाह्रो हुनेपछि कांग्रेसलाई बढी दबाब छ ।
एक सय सिटभन्दा कममा पार्टीले सहमति जनाए नेतालाई टिकट दिनसमेत समस्या हुन कांग्रेसको बुझाई छ । किनकी आफूहरूले सहजै जित्न सक्ने सिट नै ७० माथि भएको र अन्यमा प्रतिस्पर्धा गर्न सक्ने बलिया दाबेदार रहेको भनाई कांग्रेसको छ ।
तर माओवादी र नेकपा एसले पनि आफूहरूले सम्माजनक सिट पाउनुपर्ने दाबी गरिरहेका छन् । यस्तोमा आफ्नो सिट घटाएर पनि यी दललाई मिलाउनुपर्ने बाध्यता कांग्रेसलाई छ ।
गठबन्धन दलकै भरमा चुनाव जित्नुपर्ने भएकोले पनि अरु दललाई सन्तुष्ट बनाउने र आफ्नो दलभित्रैका आकांक्षीलाई मिलाउनुपर्ने दबाब कांग्रेसलाई छ । यसैले छलफल गर्नका लागि देउवाले पूर्व पदाधिकारी र पदाधिकारीको बैठक बोलाएका हुन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया