ब्राजिलका विश्वच्याम्पियन खेलाडीमाथि गोली प्रहार
काठमाडौं । ब्राजिलका मार्सल आर्टका विश्व च्याम्पियनसिप खेलाडी लियन्द्रो लोमाथि गोली प्रहार भएको छ । साओ पाउलोको नाइट क्लबमा उनीमाथि प्रहरीले गोली प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रारम्भिक जानकारी अनुसार, ड्युटी सकिएका एक प्रहरी अधिकारीले उनीमाथि गोली प्रहार गरेका हुन् । गोली प्रहारपछि अहिले ती प्रहरी अधिकारी फरार छन् ।
आक्रमणपछि लोलाई अस्पतालमा भर्ना गरिएको थियो, जहाँ डाक्टरहरूले उनलाई ब्रेनडेड घोषणा गरेका छन् ।
लो जिउ जित्सु एथलिट च्याम्पियनसिपको अहिलेसम्मकै सबैभन्दा सफल खेलाडी हुन् । उनी आठ पटक विश्व च्याम्पियनसिपको विजेता बनेका थिए ।
प्रहरी रिपोर्टका अनुसार, ड्युटी सकिएका प्रहरी अधिकारीले सिसाको बोतल देखाएर मानिसहरूलाई आतंकित पारेपछि लियन्द्रोले त्यसो नगर्न आग्रह गरेका थिए । त्यहीक्रममा ती अधिकारीले बन्दुक निकालेर लुको निधारमा प्रहार गरेकाे बिबिसीले लेखेकाे छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया