‘ह्युमन मिल्क बैंक’, शिशुलाई कति प्रभावकारी ?
काठमाडौं । नवजात शिशुको लागि आमाको दूध कति महत्वपूर्ण हुन्छ भन्ने कुरा हामी सबैलाई थाहा छ । तर कहिलेकाहीँ अवस्था यस्तो हुन्छ कि बच्चालाई मातृ दूध पाउन गाह्रो हुन्छ । गाई, भैंसीको दूधको तुलनामा आमाको दूधको महत्त्वलाई नकार्न सकिँदैन। तर धेरै आमा शिशुलाई आफ्नो दूध खुवाउन असक्षम हुन्छन् । आमाको स्वास्थ्य स्थितिले गर्दा शिशु आमाको दूध खानबाट बच्चित हुन्छ ।
साना बच्चाहरूको स्वास्थ्यको ख्याल गर्दै, धेरै संस्थाहरूले यो कठिनाइ पार गरेका छन् । अस्पताल तथा स्वास्थ्य संस्थाले शिशुको स्वास्थ्य तथा आमाले शिशुलाई दूध खुवाउन नसक्नुको बाध्यतालाई मध्यनजर गर्दै अस्पतालले ह्युमन मिल्क बैंक सञ्चालनमा ल्याएका छन् । उक्त बैंकको काम भनेको मानव दूध भण्डारण गरी खाँचोमा परेका बच्चाहरूलाई सहज रूपमा दूधको पहुँच पुर्याउनु हो । यसको पहिलो पटक शुभारम्भ अस्ट्रियाको भियना सहरमा भएको थियो । नेपालमा पनि भदाैदेखि यो सेवा शुभारम्भ हुने तयारी छ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ‘ह्युमन मिल्क’ बैंकको सेटअप तयार अस्पताले जनाएको छ । यसको स्थापना भारत, ब्राजिल लगायत अन्य देशमा भएको छ ।
ह्युमन दूध बैंक के हो ?
ह्युमन मिल्क बैंक एक गैर लाभकारी संस्था हो । जसले आमाको दूधलाई पाश्चराइजेशन युनिट तथा फ्रिज जस्ता प्रविधिको प्रयोग गरी ६ महिनासम्मका नवजात शिशुलाई आमाको दूध उपलब्ध गराउन सक्छ। यसबाट आमाको दूध चाहिने कुनै पनि शिशुले सहज रूपमा दूध पाउँन सक्छन् । यसले आमाको दूध खान नसक्ने, दूध नै नआउने आमा, आमाले खुवाउन नसक्ने समस्यालाई समाधान गर्न सहयोग गर्नेछ । यसले नवजात शिशु जसले आमाको कुनै शारीरिक अपाङ्गताको कारणले तिनीहरूलाई स्तनपान गराउन असमर्थ हुन्छन्, आमाको दूध कम तथा अपुग हुने, त्यस्तै आमाको कुनै घातक औषधिको कारण स्तनपान गर्न सक्दैन्न यस्तो समयमा यो वरदान हुने चिकित्सक बताउँछन् ।
कसरी सुरक्षित राखिन्छ आमाको दुध ?
यसको लागि सबैभन्दा पहिले दूध दान गर्ने महिलाको स्वास्थ्य जाँच गरिन्छ । दूध दान गर्ने आमाहरूको ६ महिनाभित्र एचआईभी, भेनेरल डिजिज रिसर्च ल्याबोलरेटरी टेस्ट र हेपटाइटिस बी सर्फेस एन्टिजेन टेस्ट परीक्षण गरिन्छ । त्यस्तै, दूध दान दिने आमालाई कुनै संक्रमण छ वा छैन् भनेर पत्ता लगाउने गरिन्छ । दूध दान दिने आमा लागुऔषध तथा धुम्रपान सेवन जस्तो कुलतमा परेको छ छैन् भन्ने कुरा पनि यसमा सुनिश्चत गरिन्छ । ताकि शिशुलाई कुनै प्रकारको जोखिमयुक्त संक्रमण नहोस् । यसपछि दूधलाई माइनस २० डिग्रीमा सुरक्षित राखिन्छ जसले गर्दा दूध ६ महिनासम्म बिग्रन सक्दैन् । स्वस्थ्य आमाबाट ब्रेस्ट मिल्क पम्पको सहायताले दूध संकलन गरिन्छ । र आवश्यक परेका शिशुलाई खुवाइन्छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया