ओल्ड ट्राफोर्ड पुगेरै खेल हेरे कमल थापाले, युनाइटेड हारेपछि दिए यस्तो प्रतिक्रिया (७ तस्बिरसहित)

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले इंग्लिस प्रिमियर लिगको खेल मैदानमै गएर हेरेका छन् ।
गएराति म्यानचेस्टर युनाइटेड र ब्राइटनबीचको खेल हेर्न उनी छोरी डा. प्रगति थापासँगै मैदानमा गएका थिए ।
पूर्वउपप्रधानमन्त्रीसमेत बनेका थापाले हेरेको उक्त खेलमा युनाइटेड खरेलु मैदानमै ब्राइटनसँग २–१ गोल अन्तरले पराजित भयो ।
दोस्रो हाफमा मैदानमा छिरेका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले पनि कुनै प्रभाव देखाउन नसकेपछि युनाइटेड पराजित भएको हो ।
यता, थापाले भने ठूलो खेल प्रत्यक्ष हेर्दा रमाइलो लागेको भएपनि युनाइटेड हार्दा भने खल्लो भएको सामाजिक सञ्जालमार्फत बताएका छन् ।
‘आइतबार राति बेलायतको ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेड र ब्राइटनको खेल छोरी डा. प्रगतिसँगै प्रत्यक्ष हेर्ने शौभाग्य पाइयो । प्रत्यक्ष हेर्दा अत्यन्त रमाइलो हुन्छ । तर, युनाइटेड हार्दा भने साह्रै खल्लो भयो ।’
थापा कुनैबेला नेपालका राष्ट्रिय खेलाडी तथा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष थिए ।
युनाइटेड छोड्ने मनस्थितिमा पुगेका रोनाल्डोलाई ठूला क्लबले बेवास्ता गरेपछि…
प्रतिक्रिया