NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

२४ घण्टाभित्र टहरा हटाउन नर्भिक अस्पताललाई बालेनको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नर्भिक इन्टरनेशनल अस्पताललाई नियम विपरित निर्माण भएका घर तथा टहरा हटाउन निर्देशन दिएका छन् । महानगरले सूचना जारी गर्दै २४ घण्टाभित्र निर्माण संरचना हटाउन निर्देशन दिएको हो ।

महानगरले सूचनामा सरकारको जग्गा अस्पतालले लिजमा लिई बनाइएका संरचना सरकारको सम्झौता विपरीत र नक्सापास स्वीकृत नगरी निमार्ण भएको पाइएको जनाएको छ ।

उक्त संरचनाहरु नहटाए नियमानुसार कारबाही गर्ने महानगरले चेतवानीसमेत दिएको छ  ।

No description available.