भारतमा एक दिनमा १६ हजारभन्दा बढी सङ्क्रमित
एजेन्सी । भारतमा कोरोना भाइरसबाट एक दिनमा थप १६ हजार भन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार १६७ नयाँ सङ्क्रमित भएका हुन् ।
यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४१ लाख ६१ हजार ८९९ सङ्घीय स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ ।
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ३६ हजार ५१० रहेको छ ।
यहाँ कोरोना सङ्क्रमणबाट बितेको २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना शुरु भएबाट हालसम्म पाँच लाख २६ हजार ७३० व्यक्तिको मृत्यु भईसकेको छ ।
भारतमा हिजो एक दिनमा १५ हजार ५४९ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३४ लाख ९९ हजार छ सय ५९ जना कोरोना मुक्त भएका छन् ।
एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् ।
भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म २ अर्ब ६ करोड ५६ लाख ५४ हजार ७४१ मात्रा खोप लगाइएको छ ।
भारतमा कोरोना शुरु भएबाट हालसमम ८७ करोड ८० लाख भन्दा बढी व्यक्तिको कारोना भाइरस परिक्षण भएको जनाइएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया