चलचित्र महापुरुषको पोस्टर सार्वजनिक
काठमाडौं । महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र महापुरुषको पोस्टर सार्वजनिक गरिएको छ ।
निर्माण टिमले आइतबार उक्त पोस्टर सार्वजनिक गरेको हो । निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शनी मिति कात्तिक ११ गते तय गरेको जनाएको छ । पोस्टरमा हास्यकलाकार हरिवंश र अभिनेत्री गोरी मल्लको तस्बिर देख्न सकिन्छ ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्ममा हरिवंश, मदनकृष्णसँगै रविन्द्र सिंह बानियाँ, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अन्जना बराइली, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौडेल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुलीलगायतको अभिनय रहेको छ ।
चलचित्रलाई दिपेश खत्रीले निमार्ण गरेका हुन भने मित्र डी गुरुङले सम्पादन गरेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया