‘सीमा रक्षक’ देवनारायण उपेन्द्र यादव र सिके राउतविरुद्ध चुनाव लड्दै
काठमाडौं । भारतले सीमा क्षेत्रमा अनधिकृत रूपमा निर्माण गरेका भौतिक संरचना र बाँध भत्काएर चर्चामा आएका देवनारायण यादव सप्तरी क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएका छन् ।
उनले आसन्न संसदीय निर्वाचनमा एमालेको तर्फबाट चुनाव लड्ने घोषणा गरेका हुन् ।
सप्तरी ३ जसपाका अध्यक्ष उपेन्द्र यादवले जितेको क्षेत्र हो । घोषणा गरिसकेको नभए पनि यो क्षेत्रमा फेरि उपेन्द्रले नै चुनाव लड्ने निश्चित छ ।
फेरि यही क्षेत्रमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत पनि चुनाव लड्दैछन् । यसर्थ, यहाँ त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।
देवनारायण तिलाठी कोइलाडी गाउँपालिका १ बासिन्दा हुन् । भारतले सीमा क्षेत्रमा अनधिकृत रूपमा बनाएका संरचना०७३ साउन १३ मा देवनारायणको नेतृत्वमा स्थानीयले भत्काएका थिए । त्यसपछि उनलाई ‘सीमा रक्षक’ को उपमा दिइँदै सम्मान गरिएको थियो ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया