फोहोर बोकेका काठमाडौं महानगरपालिकाका सवारीसाधनमाथि तोडफोड
काठमाडौं । फोहोर बोकेका काठमाडौं महानगरपालिकाका गाडी र सडक मर्मतमा प्रयोग भएका डोजरमाथि तोडफोड भएको छ । सिस्डोल–बञ्चरेडाँडा सडकखण्डअन्तर्गत पर्ने आलेटारमा मंगलबार बिहान महानगरपालिकाका सवारीसाधनमाथि तोडफोड भएकाे हाे ।
काठमाडौं महानगरपालिकाले फोहोर बोकेका १४ र सडक मर्मतमा प्रयोग भएका तीन सवारी साधनमाथि तोडफोड गरिएको जनाएको छ ।
ताेडफाेड गर्नेकाे पहिचान भने खुलेकाे छैन ।
काठमाडौं महानगरपालिकाका मेयरमा बालेन्द्र साह निर्वाचितपछि स्थानीयका माग सम्बोधन गर्ने सहमतिमा फोहोर उठ्दै आएकोमा अहिले फेरि अवराेध गरेका छन् । यसअघि गरिएकाे सहमति कार्यान्वयनमा महानगरपालिकाले उदासीनता देखाएको आरोप स्थानीयकाे छ ।
फोहोर व्यवस्थापनमा सहजता नहुँदा काठमाडौं उपत्यकामा केही समयदेखि फोहोरको डंगुर थुपिएका छन् ।
प्रतिक्रिया