NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

कपालका लागि घ्यू कति फाइदाजनक ? 

काठमाडौं । आफ्नो कपाल कालो र बाक्लो होस् भन्ने सबैको चाहना हुन्छ । यसका लागि हामी सबै किसिमका प्रोडक्टको प्रयोग गछौं । यद्यपि, कहिलेकाहीँ प्रयोग गरिएको प्रोडक्ट हानिकारक पनि साबित हुन्छन्। यस्तो अवस्थामा कपालमा कस्मेटिक प्रोडक्टको विकल्पमा प्राकृतिक प्रोडक्टको प्रयोग गर्नु स्वस्थ मानिन्छ ।

यस्तै प्राकृतिक प्रोडक्टमा घ्यू पनि पर्दछ । सामान्यतया हामी कपालको हेरचाहका लागि शुद्ध तोरीको तेल फाइदाजनक मान्छौं । कपाललाई आकर्षक तथा स्वस्थ्य राख्न विभिन्न प्रकारका तेल तथा कस्मेटिक क्रिमको प्रयोेग गछौं । तर कपालमा घ्यू कमै व्यक्तिले प्रयोग गर्छन् ।

कपालमा घ्यू लगाउनु राम्रो मानिन्छ । वास्तवमा, घ्यू कपाललाई नरम तथा स्वस्थ बनाउन मद्दत गर्दछ। यससँग सम्बन्धित एक अनुसन्धानका अनुसार यदि घ्यूलाई अन्य सामग्रीसँग प्रयोग गर्ने हो भने यसले मालसेजिया फुरफुर नामक फंगसको वृद्धिलाई रोक्न सक्छ। मालसेजिया फुरफुर फंगसे कपालको चाँयाको मुख्य कारण मानिन्छ।

त्यस्तै, घ्यूमा एन्टिमाइक्रोबियल गुण हुन्छ जसले ब्याक्टेरिया र फंगस दुवैसँग लड्छ। उक्त गुणले कपाललाई चायाँको समस्याबाट बचाउन पनि मद्दत गर्छ । यस बाहेक घ्यूमा भिटामिन ए र भिटामिन ई जस्ता एन्टिअक्सिडेन्टको गुणहरू हुन्छ । कपाल झर्ने समस्याबाट छुटकारा पाउन तथा कपाललाई लामो बनाउन यसको प्रयोग खानामा पनि प्रभावकारी मानिन्छ । यसलाई नरिवल, बदाम, जैतुन, तथा अन्य तेलसँग मिसायस लगाउन सकिन्छ । घ्यू कपालमा लगाएपछि २० मिनेट कपाललाई छोड्नुहोस् र त्यसपछि मनतातो पानीले नुहाउनुहोस् ।

कपालमा घ्यू लगाउनुका फाइदाः
१. कपाललाई नरम तथा स्वस्थ बनाउँछ ।
२.चाँया कम गर्छ ।
३.कपाल बलियो तथा लामो बनाउन् ।
४. यसले कपालको छालामा संक्रमण हुन दिदैन् ।
५. कपाल फुल्नबाट रोक्छ ।

ताजा अपडेट

नेपालवाच विशेष