एमाले १० औं दलको रुपमा निर्वाचन आयोगमा दर्ता
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आगामी मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने उद्देश्यले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
पार्टी महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालसहितका नेताहरू मंगलबार निर्वाचन आयोग पुगेर दल दर्ता गरेका हुन् ।
यससँगै, आयोगमा नयाँ दर्ता भएका राजनीतिक दलमध्ये एमाले १० औँमा परेको छ ।
आयोगले निर्वाचनका लागि आइतबारबाट दल दर्ता प्रक्रिया सुरु गरेको थियो । सबैभन्दा पहिले सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया