प्रचण्ड र जापानको सत्तारुढ पार्टीका वरिष्ठ नेताबीच भेटवार्ता (४ तस्बिरसहित)
काठमाडौं । जापान भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यहाँको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता तोसिहिरो निकाईसँग भेटवार्ता गरेका छन् ।

राजधानी टोकियोमा भएको भेटवार्तामा दुई देशबीचका आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरूको आदानप्रदान गर्ने विषयमा छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

साथै, नेपाल–जापान संसदीय समितिका सभापतिसमेत रहेका तोसिहिराेसँग स्थानीय सहर-नगरहरूबीच भगिनी सम्बन्धको विकास गर्ने, नेपालको कृषि, पर्यटन, जलविद्युत, भौतिक पूर्वाधार लगायतमा जापान सरकारको सहयोगलाई अझ वृद्धि गर्दै जाने लगायतका विषयमा छलफल भएको बताइएको छ ।

ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया