भीम रावलले भने : भारतसँगको सीमानामा काँडेतार लगाउनुपर्छ
काठमाडौं । नेकपा (एमाले)का नेता डा. भीम रावलले नेपालले भारतसँगको आफ्नो सीमानामा काँडेतार लगाउनुपर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा कलाकार नवल खड्काले निर्माण गरेको चलचित्र ‘काँडेतार’का बारेमा जानकारी दिन आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘भारतले बंगलादेशसँगको आफ्नो सीमानामा काँडेतार लगाएको छ । अब नेपालले पनि भारतसँग आफ्नो सीमानामा काँडेतार लगाउनु पर्छ,’ उनले भने ।
सीमानामा काँडेतार लगाउनु केवल फलामे तार लगाउने नभएको बरु यो देशको सुरक्षाको अभिव्यक्ति भएको रावलले स्पष्ट पारे ।
‘धेरै राष्ट्रहरूले आफ्नो सीमाको रक्षाको लागि पर्खाल लगाएका उदाहरण छन्,’ उनले स्पष्ट पारे ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रावल पछिल्लो समय राष्ट्रवादी मुद्दा लिएर अघि बढिरहेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया