NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

बस्तीमा खोला पसेपछि सुकुम्बासीको यस्तो बिजोक (फोटो फिचर)

काठमाडौं । गएराति परेको अविरल वर्षाको कारण भक्तपुर मनोहरा खालाको सुकुम्बासी बस्ती डुबानमा परेको छ ।

जिल्लाका विभिन्न क्षेत्रमा पशु चौपाया बगाएर क्षति पुर्याएको छ ।

मध्यराति १२ बजेदेखि मध्यपुरथिमि नगरपालिका–१ मनोहरा खोलाको किनारामा रहेका सुकुम्बासी बस्तीको आठ सय ८० घरमध्ये करिब आठ सय घर डुबानमा परेको रातिदेखि नै उद्धारमा खटिएका बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य एवं भक्तपुर जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष श्रीभक्त कासिछ्वाले जानकारी दिए ।

घर डुबानमा परेकी महिला गोमा तिवारीले भनिन्, ‘हाम्रो यस्तो बिजोक हुँदा पनि भोट दिएका जनप्रतिनिधिले सात्वनासमेत दिएनन् ।’

घर डुबानमा परेका अन्य सुकुम्बासीको पनि यस्तै गुनासो छ ।

भक्तपुरमा बाढीको कहर : सुकुम्वासी बस्ती डुब्यो, स्थानीयको भागाभाग

 

 

 

ताजा अपडेट

नेपालवाच विशेष