सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन प्रतितोला ९६ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य बुधबारको तुलनामा प्रतितोला पाँच सय रुपैयाँ घटेको हो। बुधबार छापावाल सुन प्रतितोला ९७ हजार एक रुपैयाँ र तेजावी सुन प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार बिहीबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया