NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन प्रतितोला ९६ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य बुधबारको तुलनामा प्रतितोला पाँच सय रुपैयाँ घटेको हो। बुधबार छापावाल सुन प्रतितोला ९७ हजार एक रुपैयाँ र तेजावी सुन प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार बिहीबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो।