सर्वोच्चविरुद्ध के भनेका थिए बालेनले ?
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विवादित अभिव्यक्ति दिएको भन्दै कतिपयले आलोचना गरिरहेका छन् भने कतिपयले सामाजिक सञ्जालमा उनको पक्ष लिइरहेका छन् ।
नर्भिक अस्पतालले भाडामा लिएको सरकारी जग्गामा रहेको संरचना तत्काल नहटाउन सर्वोच्च अदालतले बुधबार अल्पकालीन अन्तरिम आदेश दिएको थियो । गत सोमबार २४ घण्टाभित्र उक्त संरचना हटाउन निर्देशन दिएका मेयर शाहले सर्वोच्चको आदेशप्रति असन्तुष्टि जनाएका छन् ।
‘नक्सा पास नगरी बनाएका संरचनाहरूलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्चलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ,’ सर्वोच्चको आदेशप्रति व्यङ्य गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
मंगलबार मेयर शाह आफैं नर्भिक अस्पताल पुगेर अस्पताल र काठमाडौं महानगरका प्राविधिकले तोकेको समयमा संरचना भत्काउने सहमति गरेका थिए ।
तर बुधबार नै काठमाडौं महानगरपालिकाविरुद्ध नर्भिक अस्पतालले दिएको रिट बुधबार नै न्यायाधीश मनोजकुमार शर्माको इजलासमा सुनुवाइ भयो । उक्त इजलासले तत्काल संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश दियो र आगामी सोमबार अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ । मेयर शाह यसैविरुद्ध खनिएका हुन् ।
केही व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि फोहरलाई असरल्ल पार्न सकिँदैन : मेयर शाह
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया