‘नाडा इभी एक्सपो २०२२’ आयोजना हुँदै
काठमाडाैं । नाडा अटोमेबाइल एशोशिएसन अफ नेपालले नाडा इभी एक्सपो २०२२ गर्ने निर्णय गरेको छ ।
नाडाका अध्यक्ष धुव्र थापाको अध्यक्षतामा आज बसेको नाडाको केन्द्रीय कार्य समितिको आठौ बैठकले पहिलो पटक ‘नाडा इभि एक्सपो २०२२’ गर्ने निर्णय गरेको हो ।
उक्त इभी एक्सपो आउँदो असोज ६ गते देखि ९ गतेसम्म काठमाडाैंको भृकुटीमण्डप प्रदर्शनी हलमा हुन लागेको नाडाले जनाएको छ ।
यसभन्दा अघि नाडाले भदाै ७ गतेदेखि १२ गतेसम्म गर्ने भनेको नाडा अटो शो स्थगित गरेको थियो । सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भाद्र १४ गतेसम्मको लागि विस्तार गरेपछि नाडाले ‘नाडा अटो शो’ स्थगित गरी विशुद्ध ‘इभि एक्सपो २०२२’ गर्ने निर्णय गरेको हो ।
नाडाले सन् १९९८ देखि नाडा अटो एक्सपो गर्दे आएको छ । नाडाले भदाै १ गते देखि ५ गतेसम्म स्टल बुकिङका लागि सूचनासमेत प्रकाशित गरिने नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिए ।
नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सम्बन्धित सवैलाई उक्त एक्सपोमा सहभागिताका लागि अनुरोध गर्दे सवैबाट आवश्यक सहयोगको लागि आग्रह समेत गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया