NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

सिट बाँडफाँडमा अहिलेको सांसद संख्यालाई पनि आधार मान्ने गठबन्धन कार्यदलमा समझदारी

काठमाडौं । सत्ता गठबन्धन कार्यदलको बैठकमा सिट बाँडफाँडमा अहिलेको सांसद संख्यालाई पनि आधार मान्ने गठबन्धन कार्यदलमा समझदारी भएको छ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटमा वर्तमान संसदको उपस्थितिलाई मुख्य आधार बनाउने समझदारी भएको माओवादी केन्द्रका नेता देव गुरुङले बताए ।

बैठकले स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दलले सबै पालिका र पदमा उम्मेदवारी नदिएका कारण त्यो मतलाई आधार मान्न नसकिने निर्णय गरिएको उनको भनाइ छ ।

कार्यदलको बैठक बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।