परराष्ट्रमन्त्रीले भने : चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने विश्वास दिलाएँ
काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीनलाई आफ्नो देशविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने विश्वास दिलाएर आएको बताएका छन् ।
चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्केलगत्तै त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले चीन भ्रमणका क्रममा आफूले चिनियाँ नेताहरूलाई विश्वास दिलाएको बताएका हुन् ।
परराष्ट्रमन्त्री खड्काले आफूले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा चीन नीतिप्रति नेपालको दृढ प्रतिवद्धता रहेको विश्वास दिलाएको बताए ।
साथै उनले नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने विश्वाससमेत दिलाएको जानकारी दिए ।
परराष्ट्रमन्त्री खड्का साउन २४ गते चीन भ्रमणमा गएका थिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया