NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

घुससहित पक्राउ परेका इन्स्पेक्टरलाई सफाइ

काठमाडौं । घुससहित रंगेहात पक्राउ परेका नेपाल प्रहरीका इन्स्पेक्टर रामबालक रायले विशेष अदालतबाट सफाइ पाएका छन् ।

विशेष अदालतका न्यायाधीशद्वय शालिग्राम कोइराला र बलभद्र बाँस्कोटाको संयुक्त इजलासले बिहीबार उनलाई सफाइ दिएको हो । इलाका प्रहरी कार्यालय, भीमफेदी, मकवानपुरमा कार्यरत रहँदा प्रदेश प्रहरी कार्यालयकै टोलीले ६ असार ०७७ मा उनलाई घुससहित पक्राउ गरेको थियो । टिपर व्यवसायीसँग घुस माग्दै दुःख दिएको भन्ने उजुरीका आधारमा प्रदेश कार्यालयले उनलाई रंगेहात पक्राउ गरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा बुझाएको थियो ।

भीमफेदीको सगरमाथा होटलमा स्थानीय व्यवसायी दुर्गा लामासँग १२ हजार रूपैयाँ घुस दिएलगत्तै उनी पक्राउ परेका थिए । अख्तियारले २३ असार ०७७ मा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।